Logo
Logo

नेपालीको कथामा आधारित गीत “मेरी आमा” सार्वजनिक

वैदेशिक रोजगारीमा जाने नेपालीको कथामा आधारित गीत “मेरी आमा” सार्वजनिक भएको छ। सोमबार दिउँसो राजधानीमा आयोजित एक कार्यक्रममा सो गीतको भिडियो सार्वजनिक गरिएको हो।

रेड हर्स प्रोडक्सनको प्रस्तुती रहेको गीतमा हिमान्सु रायमाझीको शब्द रहेको छ। भने सन्तोष परियारले स्वर तथा संगीत भरेका छन्।

दिलीप समानले निर्देशन गरेको गीतको भिडियोलाई फराज अर्पनले छायांकन तथा सम्पादन गरेका हुन्। गीतमा बाध्यताका कारण रोजगारका लागि विदेश जाने नेपालीहरुलाई लक्षित गरेर बनाइएको छ।

जहाँ नेपालमै पनि संघर्ष गरे सफलता हासिल गर्न सकिने भावलाई देखाइन खोजिएको छ।

Please leave a comments