Logo
Logo

“उल्कायो पानीले “बोलको गीतअडियो सार्वजनिक

गायक राजु श्रेष्ठको हालै मात्र “उल्कायो पानीले ” बोलको गीत अडियो युट्युब मार्फत सार्वजनिक भएको छ र सार्वजनिक भए लगत्तै सर्वत्र चर्चा हुन थालेको छ । १५ वर्ष भन्दा बढी समय देखि सञ्चार क्षेत्र मा रेडियोकर्मी को रूपमा चर्चित राजु श्रेष्ठ गायन मा पनि सक्रिय देखिएका छन्।

सन् २०११ को ११ महिना ११ तारिख का दिन ११ नै बजे आफ्नो पहिलो गज़ल रेकर्ड गराएको स्मरण गर्दै गायक राजु श्रेष्ठ भन्छन ‘मेरो सांगीतिक यात्रा मा अङ्क को बडो गज़ब को संयोग पर्न गएको छ त्यस दिन नेपाली मिति अनुसार २०६८ साल कत्तिक महिना को २५ गते पर्छ २+०+६+८ =१६ भनेको १+६=७ हुन आउँछ कात्तिक महिना आफैमा ७ औं महिना भैहाल्यो भने २+५=७ यसरी ११ र ७ को राम्रो संयोग परेको थियो ।’

पहिलो सांगीतिक यात्रा नै गज़ल बाट हुन गयो र त्यो गज़ल मन पराएर लगत्तै अरु दुइवटा गज़ल साथीहरु बाट पाएको उनि बताउँछन्। त्यसपछि विभिन्न आधुनिक गीत र फिल्म का गीत हरुमा पनि आफ्नो स्वर दिइ सकेका उनि स्टेज मा जम्न चाहन्थे तर त्यस्तो किसिम को संयोग मिलिरहेको थिएन ।

loading...
Please leave a comments
loading...