Logo
Logo

१४ वर्षीय किरको घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या

पोखराको लेकसाइडमा हत्या गरिएको अवस्थामाशो १४ वर्षीय किरको शव फेला परेको छ।
लेकसाइडको हल्नचोकबाट पामेतर्फ जाने बाटोमा सोमबार राति भेटिएको शव पाल्पा घर भई पोखरामा बस्दै आएका सचिन सिंजालीको भएको बैदाम प्रहरी प्रमुख डिएसपी नवीन कार्कीले जानकारी दिए।

घाँटीमा धारिलो हतियार प्रयोग गरी सिंजालीको हत्या भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।

सिंजालीको संगत सडक बालबालिकाहरुसँग थियो। प्रायः उनी सडक बालबालिकासँगै लेकसाइडको एउटा बन्दै गरेको घरमा रात बिताउँथे।

उनको शव पोस्छ्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाइएको छ। घटनाको थप विवरण आउन बाँकी छ।

 

loading...
Please leave a comments
loading...