Logo
Logo

‘बाघी ३’ फिल्मबाट टाइगरकी प्रेमिका तथा अभिनेत्री दिशा पटानी आउट

बलिउड अभिनेता टाइगर श्राफको ‘बाघी’को तेस्रो सिरिज ‘बाघी ३’ आउने भएको छ । उनको मुख्य अभिनय रहने चलचित्र ‘बाघी ३’को पोष्टर रिलिज भएको छ ।आउँदो वर्ष २०२० मा प्रदर्शन गर्ने लक्ष्य लिइएको उक्त फिल्मबाट टाइगरकी प्रेमिका तथा अभिनेत्री दिशा पटानी आउट भएकी छन् । यस फिल्मको पहिलो पोष्टर तथा प्रदर्शन मिति पनि घोषणा भएको छ ।

यस फिल्ममा टाइगरका साथमा अभिनेत्री श्रद्धा कपूर रहने छिन् । यसअघि ‘बाघी २’मा टाइगरकी प्रेमिका तथा अभिनेत्री दिशा पटानीले अभिनय गरेकी थिइन् । यता श्रद्धा भने यसअघि ‘बाघी’मा टाइगरको जोडी बनेकी थिइन् ।

ट्रेड एनालिस्ट तरण आदर्शले यस सिररिजमा टाइगरसँग श्रद्धाले जोडी बाध्ने बताएका छन् । उनले ट्वीटरमा एक ट्वीट गर्दै यस कुराको पुष्टि गरेका हुन् ।

 

Please leave a comments