Logo
Logo

चाडपर्व जस्तै भएको छ फ्रेबअरी १४ अर्थात प्रेम दिवस

काठमाडौँ : प्रेम शब्दको उच्चारण नै सुन्दर, प्रेम जसले सुन्छ, पढ्छ, बुझछ ऊ मुस्कुराउछ । प्रेम हृदयबाट प्रस्फुटित हुन्छ अनि हृदयमै पुगेर टुगिन्छ । एउटा अथाह भाव जसले जीवन डो–याउछ, जीवनमा इन्द्रेणी रंग भर्छ र जसले हरेकलाई प्ररेणा पनि प्रदान गर्दछ त्यो हो प्रेम । अर्थात माया कुनै बेला देखिन्छ, कुनै बेला अनुभव गर्न सकिन्छ त कसैले भनेर देखाएर हुने चीज पनि होइन् । प्रेम त एक स्वतस्फूर्त रुपमा हुने चार्ज हो । प्रेम व्यक्तिको आत्मबाट आउने एक प्रकारको सकारात्मक भाव हो । जसले एक प्रकारको आत्मीयता जगाईदिन्छ ।

फ्रेबअरी १४ अर्थात प्रेम दिवस प्रेम प्रस्ताव राख्न चाहने युवालाई सही र भरपर्दो माध्यम बनेको छ । प्रेम गर्नलाई कुनेै दिन हेरिदेैन र मतलव हुदैन प्रेम गर्नेहरुका लागि हरेकदिन प्रेमिल बनेको हुन्छ आफ्नो प्रिय मान्छेको साथनेै मुल्यवान उपहार हो कुनेै चिज दिएर या लिएर प्रेम गर्छु भनेर जनाउनु जरुरत पर्दैन्, बस प्रेम आफैमा एउटा बहुमुल्य उपहार हो भगवानको ।

Image result for valentine day

सच्चा प्रेमको अगाडी दुनियाको हरेक चिज फिक्का हुन्छ । कसैलाई यति र उति मात्र गर्छु भन्दा पनि त हुदैन् प्रेम गर्नका लागि कुनै सीमितता छैन् यो त एउटा बाँच्ने आधारशिला हो । जीवनमा आफूलाई प्रेम गर्नेहरु र आफूले प्रेम गरिनेहरु भएन् भने जिउनुमा कुनै सार्थकता हुदैन्थ्यो होला ? प्रेम दुई विपरित लिङ्घी बीचको मात्र होइन् वास्तवमा प्रेम त परिवारसंग हुन्छ, साथीहरुसंग हुन्छ, आफना प्रियजनहरुसंग पनि त हुन्छ । त्यसैले त प्रेमले मानिसलाई धेरै किसिमको बाँच्ने उर्जा दिन्छ । दिवसका रुपमा रहेको यस दिन युवाले मन पर्ने प्रेमिका वा प्रेमीलाई बर्षाै आँट गर्न नसकेका प्रेम प्रस्ताव राख्ने गर्छन । सोही कारण पनि यस दिन युवायुवतीको विशेष आकर्षण दिन हुने गर्छ । भ्यालेन्टाइन डे इस्वी संवत् २६९ बाट इटालीको रोमबाट सुरु भएको हो । तेस्रो शताब्दीका रोमन शासक सम्राट क्लाउडियस दोस्रोले देशवासीलाई सैन्य भर्तीमा सामेल हुन उर्दी जारी गरे । महिलासंगको सम्बन्धका कारण पुरुष कमजोर हुने ठानी सम्राटले प्रेम र विवाहमा रोक लगाए । रोममा भ्यालेन्टाइन नाम गरेका पादरीले सम्राटको उक्त अभियानलाई विरोध गरेकाले धेरै सैनिकले विवाह गरे । अभियान असफल भएपछि सम्राटले पादरीलाई पक्राउ गरी मुत्युदण्ड दिए । जेलमा छंदा जेलरकी छोरी र भ्यालेन्टाइनबीच प्रेम बसेकाले मृत्युदण्ड अघि लभ फ्रम योर भ्यालेन्टाइन भनी हस्ताक्षरसहितको प्रेमपत्र भ्यालेन्टाइनले २६९ को फ्रेबअरी १४ तारिखका दिन मुत्युदण्ड दिएकाले यसै दिनलाई प्रणय दिवसका रुपमा मनाउने गरिएको छ । यसरी यो दिवस मनाउने प्रचलन बढेको पाइन्छ ।

सैले चाडपर्वको मौलिकतालाई ध्यानमा राख्दै यसलाई संही तरिकाले मनाउनुपर्छ भद्घा प्रदर्शन र अश्लीलताबाट बचाउनुपर्छ । माया प्रर्दशन गरेर होइन् साथीको मन, व्यवहारबाट जित्नुपर्छ, विश्वासपूर्ण रुपमा आफनो भावना व्यक्त गर्नुपर्छ अरुको लहलहैमा लागेर होइन् संही तरिकाले मनाउनुपर्छ तब मात्र प्रेम दिवसको सार्थकता हुन्छ । प्रेम त्यस्तो बनोस् भोलिका समयमा जीवनलाई फर्केर नियाल्दा पश्चाप होइन् खुसी र संन्तुष्टि फिजाउन पाइयोस् जहाँ एक मनले अर्को मनको कदर गरेको होस् । तब मात्र प्रणय दिवस मनाउनुको सार्थकता हुन्छ ।

Please leave a comments