Logo
Logo

वायु प्रदूषणका कारण आँखामा आउने समस्याहरु

तर, धुँवा, धूलो जस्ता वायु प्रदूषणका कारण आँखामा विभिन्न खालका समस्याहरु आउने गर्छन् । आँखा धमिलो हुनु यो समस्या जुन पनि उमेर समूहको मानिसहरुमा देखिने गर्छ । आँखा धमिलो हुने समस्याले गर्दा मानिसको आँखाको ज्योति पनि जान सक्छ । आँखा धमिलो हुँदा आँखा दुख्ने, आँशु आइरहने, टाउको दुख्ने जस्ता समस्याले पनि सताउँछ ।

 

यसकारण हाम्रो आँखा धमिलो हुन्छः

–कमजोर आँखा ।
–आँखामा संक्रमण हुनु ।
–मोतिबिन्दु हुनु ।
–जलबिन्दु हुनु ।
–आँखाको पर्दामा चोटपटक लाग्नु वा अन्य समस्या आउनु ।
-आँखाको नशामा समस्या आउनु ।

यसबाट यसरी बच्न सकिन्छः
-आँखालाई स्वस्थ राख्न सधैँ सचेत हुने ।
–सम्भव भएसम्म धूँवा र धूलोबाट बचाउने ।
–उच्च रक्तचाप तथा चिनी रोगका बिरामीले समय समयमा आँखा परीक्षण गराउने ।
-मोतिबिन्दुलगायतका रोग लागेका लक्षण देखिए तुरुन्त उपचार गराउने ।
–स्वस्थ आँखा भए पनि कम्तिमा वर्षको एकपटक आँखाको परीक्षण गराउने ।
–सन्तुलित र स्वस्थ खानामा ध्यान दिने ।

loading...
Please leave a comments
loading...