Logo
Logo

आलुबाट हुने फाइदा र बेफाइदा

आलुको बारेमा तपाईं हामीले सुन्दै आएको छम आलु जहाँ पनि मिल्छ र जेमा पनि मिल्छ भनेर । हो, साँच्चै नै आलु एकमात्र त्यस्तो तरकारी हो, जुन संसारमा सबैभन्दा लोकप्रिय मानीछ ।

आलुलाई हामी तरकारीको रूपमा मात्र नभएर, दाल र अचारको रूपमा पनि खान सक्छौं । प्रायः मानिसको लागि आलु निकै प्यारो तरकारी हो । स्वादमा मात्र नभएर स्वास्थ्यमा पनि आलुको निकै नै फाइदा छ ।

आलुले हाम्रो शरीरलाई चाहिने उर्जा प्रशस्त मात्रामा दिन्छ । आलुले हाम्रो छाला सुन्दर बनाउन सहयोग गर्छ । हो, आलु खाँदा हाम्रो छाला चम्किलो हुन्छ ।आलुमा पाइने भिटामिन ‘सी’ले हाम्रो छालालाई घामबाट बचाउँछ । जसले गर्दा छाला सुन्दर हुन्छ ।

यस्ता छन् आलुका अन्य फाइदाहरू

–हरेक दिन आलु खाने गरेमा यसमा पाइने सम्पूर्ण लवणका कारण हड्डीलाई फाइदा हुन्छ । यसले हड्डी बलियो बनाई राख्नुका साथै सही संरचनामा राख्न मद्दत गर्छ ।

–बलियो मांंसपेसीका लागि आलुको सेवन आवश्यक छ । व्यायामपछि आलु सेवन गरेमा यसमा पाइने कार्बोहाइड्रेटले शरीरलाई छिटो ऊर्जा दिने काम गर्छ ।

–यसमा रहेको डाइट्री फाइबरले कोलेस्ट्रोलको मात्रा बढ्न दिँदैन ।
यद्यपि, आलुलाई हामीले सहि मात्रामा खान जान्नुपर्छ । मधुमेह जस्ता रोगका बिरामीको लागि भने आलु हानिकारक हुनसक्छ ।

 

Please leave a comments