Logo
Logo

क्यान्सरको जोखिमबाट बच्न उपाय

क्यान्सरका बिरामी निकै नै बढ्दै गएको छ । वातावरणमा रहेको प्रदूषण र खानेकुरामा हानिकारक रसायनको मात्राले आगामी दिनमा क्यान्सरले भयावह रुप लिनसक्ने देखिएको छ । क्यान्सरको जोखिमबाट बच्न उपाय अपनाउन सकिन्छ –

1 स्वस्थ जीवनशैली
यदि तपाइँ आफ्ना बच्चा स्वस्थ रहोस् भन्ने चाहनुहुन्छ भने आफ्नो जीवनशैली पनि स्वस्थ बनाउनु जरुरी हुन्छ । समयमा सत्ने, समयमा उठ्ने, नशाबाट टाढा रहने, नियमित कसरत गर्ने, स्वस्थ भोजन गर्ने यी सबै स्वस्थ जीवनशैलीको उदाहरण हो । तपाइँ सधैं यस्तै जीवनशैलीको पालना गर्नुहुन्छ भने बच्चाले पनि त्यसैको अनुशरण गर्नेछ, जसले उनीहरुमा क्यान्सर हुने सम्भावना निकै कम गर्न सक्छ ।

2 फलफूल तथा हरिया सागपात
बच्चाहरुलाई सानैदेखि हरिया सागपात र फलफूल खाने बानी बसाल्नुपर्छ । यसबाट उनीहरुलाई आवश्यक मिनरल र भिटामिन मिल्छ । सागपात र फलफूल क्षारीय प्रकृतिका हुन्छन् । यस किसिमको क्षरीय गुणले क्यान्सरको जोखिम कम गर्छ ।

3 धेरै चिनी र नुन नखानु
प्रशोधित चिनी र अत्यधिक नुन हालेको खानेकुरा बच्चालाई खुवाउनु हुँदैन । यसको बानी पर्‍यो भने छुटाउन गाह्रो हुन्छ । अत्यधिक चिनीले शरीरमा अम्लीयपना बढ्छ । शरीरमा अम्लीयपनाले शरीरमा क्यान्सरका कोशिकाहरुलाई बढावा दिन्छ । अत्यधिक चिनीले क्यान्सरका साथै अत्यधिक रक्तचाप र सुगरजस्ता रोगलाई पनि जन्म दिन्छ ।

4 मोटोपनबाट बच्नु
बच्चालाई स्वस्थ भोजन गराउनु जरुरी हुन्छ । विशेषगरी उनीहरुलाई बाहिर पाइने जंक फूडबाट बचाउनुपर्छ । यस किसिमका खानामा फ्याट, सुगर र नुनको मात्रा अत्यधिक हुन्छ । यसले बच्चामा नै माटोपनको शिकार हुने सम्भावना बढी हुन्छ । मोटोपन पनि क्यान्सरको एक कारण हो ।

loading...
Please leave a comments
loading...