Logo
Logo

प्रभास र श्रद्धा कपूर अभिनित ‘साहो’को टिजर सार्वजनिक

‘बाहुबली’बाट चम्किएका अभिनेता प्रभासको बहुप्रतिक्षित फिल्म ‘साहो’को टिजर सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक उक्त टिजरमा प्रभाससँगै अभिनेत्री श्रद्धा कपूरलाई पनि देखाइएको छ ।

६० सेकेण्ड लामो सो टिजरमा एक्सनले भरिपूर्ण छ । सार्वजनिक टिजरमा मार्च ३ मा सिनेमाको नयाँ ’लुक’ सार्वजनिक गरिने घोषणा गरिएको छ । सिनेमाको एक एक्सन दृश्यका लागि मात्रै करिब ९० करोड भारू खर्चिएको समाचार बाहिरिएको छ । सिनेमाले ‘बाहुबली’ले जस्तै ब्ल्कबस्टर व्यापार गर्ने अनुमान गरिएको छ ।

भारतीय मिडियाका अनुसार उक्त फिल्ममा अंग्रेजी गीत पनि समावेश भएको छ । हलिउड गायिका बियोन्सको एक गीत समावेश हुने भएको छ । अमेरिकन गायिका बियोन्सको उक्त गीतमा प्रभासको डान्सिङ अवतार देखाइने छ ।

फिल्ममा प्रभासको एक्शन तथा डान्सिङ अवतार पनि देखाइने बताइएको छ । फिल्ममा बियोन्सलाई नदेखाइए पनि उनको डान्सिङ गीत भने समावेश हुनेछ

करिव ३०० करोड भारूमा निर्माण भएको सिनेमालाई हिन्दी, तमिल तथा तेलेगुमा छायाँकन गरिएको छ । यस फिल्ममा प्रभासको अपोजिट रोलमा श्रृद्धा कपूर देखिने छिन् भने यसबाहेक नील नितिन मुकेश, ज्याकी श्राफ, महेश मान्जरेकर, मन्दिरा बेदी जस्ता कलाकारको पनि मुख्य भूमिका छ । यस फिल्म यसै वर्षको अगस्त १५ मा प्रर्दनमा आउने ।

Please leave a comments