Logo
Logo

सय करोड कलेक्सन गर्ने सफल‘टोटल धमाल’

मल्टिस्टारर बलिउड फिल्म ‘टोटल धमाल’ले पहिलो हप्तामै सय करोड कलेक्सन गर्ने सफल भएको छ । ट्रेन्ड एनालिस्ट तरण आदर्शले टविटर मार्फत उक्त जानकारी दिएका छन् ।

उनले लेखेका छन्, ‘तीन दिनमा ५० करोड र पाँच दिनमा ७५ करोड बक्स अफिस कलेक्सन, पहिलो हप्ता सहजताको साथ ९२ करोड कमाउँछ । दोस्रो सातामा फिल्म सय करोडको क्बलमा सामेल हुनेछ ।’ धमालको सीरीज यो फिल्मले भारतमा शानदार ग्रस कलेक्सन गरेको छ ।

फिल्मले पहिलो दिन शुक्रबार भारु १६. ५० करोड कलेक्सन गरेको छ भने शनिबार भारु २०.४० करोड, आइतबार भारु २५.५० करोड, सोमबार भारु ९.८५ करोड, मंगलबार भारु ८.७५ करोड कलेक्सन गरेको छ । मंगलबार सम्ममा ८८ करोड कमाउन सफल भएको फिल्म सय करोड क्लबमा समावेश भइसकेको छ । फिल्ममा अनिल कपूर, अजय देवगन, माधुरी दीक्षितको मुख्य भुमिका रहेको छ ।

Please leave a comments