Logo
Logo

गीत सङ्गीतमा रुचि राख्ने गायिका अञ्जना चाम्लिङ

खोटाङ्ग जिल्ला हलेसी सल्ले स्थायी घर भएकी गायिका अञ्जना चाम्लिङ काठमाडौँलाई कर्मभूमि बनाइ साङ्गीतिक क्षेत्रमा आफूलाई स्थापित गराउने कोशिषमा छन् ।

सानै उमेर देखि गीत सङ्गीतमा रुचि राख्ने गायिका अञ्जना बिगत चार बर्ष देखि गीत सङ्गीतमा सक्रिय भएर लागेकी छन् । विभिन्न मेला महोत्सब देखि स्टेज कार्यक्रम सम्ममा ब्यस्त बन्दै गएकी उनि दर्शक स्रोताहरुको माझ लोकप्रिय समेत बन्दै गएकी छिन ।
सङ्गीतको औपचारिक ज्ञान लिएर यस क्षेत्रमा प्रवेश गरेकी उनले दुई दर्जन गीतहरुमा स्वर दिएकी छन् ।

उनका ‘आज मलाई किन किन…’, ‘चौतारी बरमा…’, ‘शंका नगरु भन्छु…’, ‘चोट दिएर गयो…’ जस्ता एक दर्जनभन्दा बढी गीतहरू चर्चामा रहेका छन् । प्रायः आधुनिक गीतिबाट चर्चामा रहेकी अञ्जनामा हर प्रकारका गीत गाउन सक्ने बताउँछिन् ।

Please leave a comments