Logo
Logo

सन्दिप क्षत्रीको “चाइनाको रेल”को भिडियो सार्वजनिक

चर्चित गायक सन्तोष लामा र गायिका इन्दिरा जोशीको स्वरमा रहेको “चाइनाको रेल” को भिडियो सार्वजनिक भएको छ ।

नेपाली चर्चित हाँस्य कलाकार सन्दिप क्षत्रीको अभिनय रहेको भिडियोमा पोखराको चर्चित डान्स ग्रुप क्रिस्टल क्लजको डान्स हेर्न सकिन्छ । भोडियोमा पोखराकी मोडल मुस्कान घतानेको समेत अभिनय गरेकी छीन् देस्रो नेपाली तारा समेत रहेका गायक लामाले गीतको भिडियोलाई केही रमाइलो तथा फरक सोचका साथ तयार पारिएक छन्।

अनिल केसी भिडियोका प्रस्तुती रहेको भिडियोलाई संदिप क्षेत्री र सन्देश जंग रानाले निर्देशन गरेका छन् । सन्देशजंग रानाको सम्पादन सुसन प्रजापतिको छायांकन, क्रिस्टल क्लजको कोरियोग्राफी रहेको छ ।

नेपालमै पहिलो पटक उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई पुरस्कार समेत घोषणा गरिएको छ । “चाइनाको रेल” कभर भिडियो तयार पार्ने व्यक्ति वा समुह मध्येबाट उत्कृष्टलाई नगद १ लाख ११ हजार नगद पुरस्कारको घोषणा गरिएको छ । भने उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई २२ हजार नगदको समेत घोषणा गरिएको छ ।

loading...
Please leave a comments
loading...