Logo
Logo

करण जौहरको बहुप्रतिक्षित चलचित्र ‘कलंक’ टिजर रिलिज

चलचित्र ‘कलंक’ निकै चर्चामा रहेको छ । जसको प्रदर्शन मिति भने अलि टाढा नै छ । उक्त चलचित्रको हालै टिजर रिलिज भएको छ ।

करण जौहरको बहुप्रतिक्षित फिल्म हो, जसले सुरुवातदेखि नै व्यापक चर्चा कमाइरहेको छ । अहिले यसको टिजरले सनोतिनो कम्पन नै ल्याएको छ ।

भनिन्छ, ‘कलंक’ एक पीरियड ड्रामा फिल्म हो, जो सन् १९४० को पृष्टभूमीमा आधरित छ । घतलाग्दो त के भने, यो फिल्म करणका पिता यश जौहरले परिकल्पना गरेका थिए । त्यो पनि आज होइन, १५ बर्षअघि । पिताले डेढ दशकअघि परिकल्पना गरेको फिल्मलाई करणले मूर्त रुप दिएका हुन् ।

फिल्मलाई अभिषेक वर्मनले निर्देशन गरेका छन् । अभिषेकले यसअघि पनि करणको फिल्ममा साहयक निर्देशकको रुपमा गरेका छन्, स्टुडेन्ट अफ द इयर । जोधा अकबर, माइ नेम इज खान जस्ता फिल्ममा उनले साहयक निर्देशकको जिम्मेवारी सम्हालेका थिए । उनै अभिषेकलाई करणले ‘कलंक’का लागि निर्देशनमा पत्याएका हुन् ।

यो फिल्ममा वरुण धवन, आलिया भट्ट, संजय दत्त, माधुरी दीक्षित, आदित्य रोय कपूर, सोनाक्षी सिन्हा मूख्य भूमिकामा छन् । यही फिल्मबाट संजय दत्त र माधुरी दीक्षित एकसाथ पर्दामा देखिदैछन्, २२ बर्षपछि ।

Please leave a comments