Logo
Logo

नायक आकाश श्रेष्ठ र नायिका बर्षा सिवाकोटीको ‘जब जब तिमी आयौं’ बोलको गीतको भिडियो सार्वजनिक

पुरुषोत्तम सुवेदीको आवाजमा समावेश ‘जब जब तिमी आयौं’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । अम्बिका गुरुङको शब्द रहेको यो गीतमा पुरुषोत्तमकै संगीत रहेको छ। गीतको भिडियोमा नायक आकाश श्रेष्ठ र नायिका बर्षा सिवाकोटीलाई फिचरिङ गरिएको छ ।

गीतको भिडियोलाई विधान कार्कीले निर्देशन गरेका हुन् । अर्जुन तिवारीको छायांकन रहेको भिडियोमा कमल प्रसाइको ड्रोन, सुप्रिम पराजुलीको सम्पादन छ । भिडियोलाई आकर्षक बनाउन विधानले कुनै बाकी ठाउँ राखेका छैनन् ।

Please leave a comments