Logo
Logo

फिल्म ‘लभ स्टेशन’को ट्रेलरमा फिल्म ‘हर से असक्तन’सँग दुरुस्तै

अभिनेता प्रदिपलाई उनको जन्मदिनमा ‘हर से असक्तन’सँग दुरुस्तै येही प्रस्न गरियो । तर उनले उक्त फिल्मको कपि नभएको दाबी गरेका छन् । गत आइतबार बाट २८ लागेका प्रदीपले भने, ‘संसारमा यति धेरै फिल्म बनिरहेको हुन्छ । यदि कुनै सिन कुनै फिल्मसँग मिल्छ भने यो संयोग मात्र हो । लभ स्टेसनमा नयाँपन छ । त्यसमा शंखा गर्नु पर्दैन । राम्रो काम गरेको छ भने कुनै फिल्मप्रति प्रभावित हुनु नराम्रो कुरा होइन । फिल्म राम्रो बनेको छ ।’

लभ स्टेशनको ट्रेलरलाई दर्शकले प्रतिक्रिया राम्रो दिइरहेका छन् । ‘लभ स्टेशन’को ट्रेलरमा रेस्टुरेन्टबाट हतारिँदै अभिनेत्री जसिता गुरुङ बाहिर निस्कन्छिन् । त्यही बेला प्रदिप गाडीको हर्न बजाउँदै आउँछन । यो सिन ‘हर से असक्तन’सँग दुरुस्तै छ । उज्जवल घिमिरेले निर्देशन गरेको फिल्म चैत २२ गते देखि रिलिज हुँदैछ ।

loading...
Please leave a comments
loading...