Logo
Logo

नीता ढुंगानाको भोजुपरी गीत ‘प्रेम पियाला’ को भिडियो सार्वजनिक

फागुन २९
नेपाली नायिका नीता ढुंगाना अभिनित भोजुपरी गीत ‘प्रेम पियाला’ को भिडियो सार्वजनिक भएको छ । नायिका नीता अभिनित भोजपुरी फिल्म ‘शेर ए हिन्दुस्तान’को पहिलो गीतको म्युजिक भिडियो रिलिज भएको हो ।

अभिक डोजन चतर्जी र प्रियंका सिंहको स्वरमा रहेको उक्त गीतमा सन्तोष पुरीको शब्द तथा मधुकर आनन्दको संगीत छ ।
‘प्रेम पियाला’ बोलको उक्त गीतमा नीता र भोजपुरी फिल्मका सुपरस्टार दिनेशलाल यादव ‘निरहुआ’ फिचर्ड छन् । फिल्म भने मनोज नायारणले निर्देशन गरेका छन् ।

फिल्ममा नीता र नरहुवाबाहेक आयुष रिजाल, सुनील थापा, सन्तोष पहल्वान र अमृत कुमारलगायतको अभिनय छ । उक्त फिल्म आउँदाे होलीमा प्रदर्शनमा आउने गीतको भिडियोमा उल्लेख छ ।

Please leave a comments