Logo
Logo

देशभरका विभिन्न स्थानमा सहिद परिवारलाई सम्मान

काठमाडौँ, फागुन २९
आज देशभरका विभिन्न स्थानमा सहिद परिवारलाई सम्मान गरेको छ । सम्मान कार्यक्रम अन्र्तगत बुधबार इटहरी दुर्गा पार्टी प्यालेसमा वाइसीएल नेपाल सुनसरी र मोरङ जिल्लाको संयुक्त आयोजनामा जनयुद्द तथा जनआन्दोलनका सहिद परिवारहरुलाई अभिनन्दन गरेको छ ।

वाइसीएल नेपालका मोरङ सचिव आजम सेखको अध्यक्षतामा सम्पन्न अभिनन्दन कार्यक्रममा प्रमुख अतिथि कृषि तथा पशुपंक्षी राज्य मन्त्री रामकुमारी चौधरी साथै वाइसियल नेपालका १. नम्बर प्रदेश संयोजक क.डम्बर पुलामीलगायतकाले सहिद परिवारलाई खादा तथा माला लगाएर सम्मान गरे ।

कार्यक्रममा वाइसीएल नेपालका १ नम्बर प्रदेश इंचार्ज पुर्ण भुजेल (चिन्तन), वाइसियल नेपालका सुनसरी जिल्ला अध्यक्ष भुवन यक्खालगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

loading...
Please leave a comments
loading...