Logo
Logo

छोरीको जन्मदिनको अवसरमा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग

सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि एक लाख ११ हजार १११ रुपैयाँ सहयोगको घोषणा गरेका छन् ।

बिहीबार फेसबुकमा स्ट्याटस लेख्दै धुर्मुसले छोरी सुबिहानीको जन्मदिनको अवसरमा आफैले बनाउन लागेको रंगशालाका लागि सहयोगको घोषणा गरेका हुन् ।

छोरीको जन्म दिनमा कुनै बिशेष कार्यक्रम नगरी रङ्गशाला निर्माणलाई सहयोग गरेको उनीहरुले बताएका छन् । ‘हाम्री प्यारी छोरी सुबिहानीको जन्मदिनको अवसरमा हामी निर्माणाधीन रङ्गशालाका लागि सहयोग गर्न चाहान्छौं,’ उनले लेखेका छन्, ‘हाम्रा हरेक बिशेष अवसरलाई यसरीनै समाजसेवा र राष्ट्र निर्माणमा लगाउने हो भने यो देश हाम्रै पालामा बन्ने छ ।’

Please leave a comments