Logo
Logo

रङ्गको पर्व होलीलाई लक्षित गरेर गीत ‘ह्याप्पि होली’ सार्वजनिक

रङ्गको पर्व होलीलाई लक्षित गरेर श्रीहरि दाहाल र सुशिला पाठकको स्वरमा रहेको गीत ‘ह्याप्पि होली’ सार्वजनिक गएिको छ । उक्त गीत गायीका शुशिला पाठकको आधिकारीक युट्युव मार्फत सार्वजनिक गरिएको हो ।

रुपेश बास्कोटाको शब्द तथा लय रहेको गीतको भिडियोमा सुरेन्द्र बसेल र समिक्षा पोखरेलको अभिनय रहेको छ । समन अधिकारीले निर्देशन गरेको भिडियोलाई टंक केसीले खिचेका हुन भने, प्रमोद भण्डारीले कोरियोग्राफि र सिलन लम्सालले भिडियो सम्पादन गरेका छन् ।

पाठकले केही दिन अगाडी ‘देशै खाने…’ गीत सार्वजनिक गरेकी थिईन ।

Please leave a comments