Logo
Logo

फिल्म ‘दाल भात तरकारी’ हलिउड फिल्मका कारण घोषित मिति बैशाख १३ मा प्रदर्शनमा नआउने

मल्टिस्टारर फिल्म ‘दाल भात तरकारी’ हलिउड फिल्मका कारण घोषित मिति बैशाख १३ मा प्रदर्शनमा नआउने भएको छ । यो मितिमा हलिउडको बहुप्रतिक्षीत फिल्म ‘एभेन्जरः इन्ड गेम’ रिलिज हुँदैछ । ‘दाल भात तरकारी’ टिमले प्राविधिक काम नसकिने भएपछि प्रदर्शन मिति सारेको बताएको छ । तर, यो छुटकारा पाउने बहाना मात्र हो । यथार्थमा ‘एभेन्जर’ ले मल्टिप्लेक्स कब्जा गर्ने हुँदा ‘दाल भात तरकारी’ पछाडि सरेको हो ।

अब यो फिल्म बैशाख २० मा रिलिज हुने तय भएको छ । अर्थात् पूर्वघोषित मितिभन्दा एकहप्ता पछाडि । यो फिल्मको दोस्रो गीत शुक्रवार दिउँसो सार्वजनिक हुँदैछ । गीतसँगै निर्माण टिमले नयाँ प्रदर्शन मिति घोषणा गर्दैछ । सुदन केसीको निर्देशनमा बनेको फिल्ममा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, निरुता सिंह, पुष्प खड्का, आँचल शर्मालगायतका कलाकारहरुको अभिनय छ । महसंचारको ब्यानरमा फिल्म बनेको हो ।

loading...
Please leave a comments
loading...