Logo
Logo

फिल्म ‘ए मेरो हजुर ३’ को गीत ‘जिन्दगी नै भन्दिनँ’ सार्वजनिक

अभिनेता अनमोल केसी र डेब्यू गर्ल सुहाना थापा स्टारर फिल्म ‘ए मेरो हजुर ३’ को पहिलो रोमान्टिक गीत इन्टरनेश रिलिज भएको छ । गीत ‘जिन्दगी नै भन्दिनँ’ बोलको गीत सार्वजनिक गरेको छ । गीतको भिडियोमा अनमोल र सुहानाको फिचर्ड छ।

सुगम पोखरेल र गायिका प्रविशा अधिकारीको स्वर रहेको गीतमा एक नारायण भण्डारीको शब्द छ । आकाश अविरलले गीतमा संगीत भरेका छन् । नेपालसँगै अमेरिकाका विभिन्न रमणीय स्थानहरुमा खिचिएको गीतको भिडियोमा अनमोल र सुहानाको जोडी सुहाएको देखिन्छ । सुहानालाई भिडियोमा बोल्ड देखिएको छ ।

चैत २९ गतेबाट प्रदर्शनमा आउने‘ए मेरो हजुर ३’ लाई झरना थापाले निर्देशन गरेका हुन् । यही फिल्मको दोस्रो भागबाट उनले निर्देशनमा डेब्यू गरेकी थिइन् । सुहाना उनकै छोरी हुन् । सुनिल कुमार थापाले निर्माण रहेको छ। यसमा अनमोल र सुहानासँगै सलोन बस्नते, अर्पण थापा, रबिन्द्र झा लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ।

निर्देशक थापा र सुमन पौडेलको कथा रहेको फिल्ममा सञ्जय लामाको छायांकन र हिमाल केसीको द्वन्द्व निर्देशन छ । कविराज गहतराज, रामजी लामिछाने, प्रविन सिंह र राहुल शाहको कोरियोग्राफी रहेको फिल्ममा दिर्घ खड्काले सम्पादन गरेका छन् । सैलेश श्रेष्ठको ब्याकग्राउन्ड स्कोर रहेको फिल्ममा सत्यम राना र अचुत बजगाइँले भिएफएक्स गरेका छन् ।

Please leave a comments