Logo
Logo

”होटल रीडस इन्”मा जन्ती बुद्ध र सिम्रिक एयर चार्टर गरेर हवाईजहाजमा

महालक्ष्मी नगरपालिका ९ का नगेन्द्र थापाका छोरा दिनेशको विवाहका क्रममा जीतपुरबाट काठमाडौँमा जन्ती आतेजातेका लागि बुधबार हवाईजहाज चार्टर गरिएको हो। जसमा पहिलोपटक काठमाडौँ जाने ४० ज्येष्ठ नागरिकसमेत जन्ती भएर गएका छन्। थापाले आफ्नै निवास रहेको जीतपुरबाट विराटनगर विमानस्थलसम्म तीन वटा गाडीमा जन्ती लगेका थिए।

काठमाडौँको गौशालामा रहेको ”होटल रीडस इन्”मा जन्तीलाई राखेको थीयो।

छोराको जन्ती जानेक्रममा ६९ जन्तीलाई दुई वटा हवाईजहाज चार्टर गरेका छन् । विराटनगरबाट काठमाडौँ गएर साँझ पुनः बुद्ध र सिम्रिक एयर चार्टर गरेर हवाईजहाजमा जन्ती विराटनगर आएको थापाले बताए। ज्येष्ठ नागरिकलाई काठमाडौँ भ्रमण गराउने मुख्य उद्देश्यले जन्तीको रूपमा प्लेन चार्टर गरेर लगेको हुँ’ उनले भने, ‘छोराको जन्ती भएर गाउँघरका अधिकांश ज्येष्ठ नागरिक भ्रमण गराउन पाएकोमा खुसी लागेको छ।’

‘मैले त सोचेकै थिइन यस्तो अवसर आउला भन्ने’ उनले भने, ‘पिलेनबाट तल हेर्दा रिँगटा लागे जस्तो भए पनि असाध्यै रमाइलो भयो।’ पौडेलजस्तै ६८ वर्षीय चक्रबहादुर कार्कीले पनि काठमाडौँ देख्न पाउँदाको खुसी भुल्नै नसक्ने बताए। अर्का ज्येष्ठ नागरिक पदमबहादुर खड्काले पनि पहिलो पटक जहाज चढेर काठमाडौँ पुग्दा रमाइलो भएको बताए।

जन्तीको रूपमा महालक्ष्मी नगरपालिकाका मेयर परशुराम नेपाल, शिक्षा समन्वय ईकाइ प्रमुख रामबहादुर थापा, उद्योग वाणिज्य सङ्घका अध्यक्ष उमेश घिमिरेलगायत जनप्रतिनिधिहरू पनि गएका थिए। जहाज चढेर जन्ती भएर सिँगारिएको भव्य होटलमा पुग्दा अधिकांश दङ्ग देखिएको जन्तीका रूपमा गएका महालक्ष्मी नगरपालिका मेयर नेपालले बताए। ६९ जना मध्ये अधिकांश पहिलो पटक जहाज चढेका थिए।

Image may contain: 2 people, people smiling, people standing

अलैंची खेती र व्यावसायिक पशुपालन गर्दै आएका उनले गाउँभरिका ज्येष्ठ नागरिकलाई आफ्नै खर्चले भ्रमण गराउने पहिले देखिको मनोकांक्षा रहेकोले जन्तीको अवसर पारेर इच्छा पूरा गरेको बताए। उनी छोरा दिनेश र काठमाडौँ निवासी बुहारी प्रज्ञा सुवेदीसहित जहाजबाट बुधवार राति नै पुनः जीतपुर फर्किएका छन्।

loading...
Please leave a comments
loading...