Logo
Logo

नयाँ वर्ष २०७६को पूर्व सन्ध्यामा विशेष सांस्कृतिक कार्यक्रम

नयाँ वर्ष २०७६को पूर्व सन्ध्यामा विशेष सांस्कृतिक कार्यक्रम हुने भएको छ । नयाँ वर्षको अवसरमा काठमाडौंको रातोपुल स्थित रकहाउस क्याफेमा विशेष सांस्कृतिक कार्यक्रम हुने भएको हो ।

विशेष साँस्कृतिक कार्यक्रममा नायिका तथा गायिका सारिका घिमिरे, गायक योगश काजी, धु्रव विश्कोलगायतका लोकप्रिय गायक गायिकाको प्रस्तुति रहने सुमन राईले बताए । २०७५लाई विदाई र २०७६ लाई विशेषरुपमा स्वागत गर्नका लागि हामीले यस दिनलाई विशेष बनाउँन लागेका छौ’, सुमनले भने ।

उनकाअनुसार विभिन्न खानाका परिकार सहित साङ्गीतिक माहोल हुनेछ । विशेष सांस्कृतिक कार्यक्रम चैत्र ३० गते साँझ ७ बजेदेखि सुरु हुनेछ ।

loading...
Please leave a comments
loading...