Logo
Logo

रणवीर सिंहले अब मानुषी छिल्लारसँग अनस्क्रिन रोमान्स गर्ने भए

पछिल्लो समय निकै चर्चामा आइरहेका बलिउडका जोडी हुन् दीपिका पादुकोण र रणवीर सिंह । यी दुईले केही महिना अघि मात्र बिबाह गरेका थिए ।बिबाह पछी यी दुबै फिल्मको सुटिँगमा ब्यस्थ भइरहेका छन् । अभिनेत्रि दिपिका फिल्म छपाकको सुटिँगमा ब्यस्थ छिन् भने रणवीर सिंहले अब मानुषी छिल्लारसँग अनस्क्रिन रोमान्स गर्ने भएका छन् ।

को हुन् मानुषी ?
मानुषी छिल्लर मिस वल्र्ड २०१७ का विजेता हुन् । विश्व सुन्दरीको शीर्ष उपाधी उचालेकी मानुषीले सन् २०१७ जुन २५ मा फेमिना मिस इन्डियाको उपाधी जितेकी थिइन् । सन् २००० को विजेता पि्रयंका चोपडापछि उनले भारतको प्रतिनिधित्व गर्दै मिस वल्र्ड जितेकी हुन् ।

यस फिल्म यशराज फिल्म्सको ब्यानरमा बन्न लागेको हो । यस फिल्ममा रणवीरसँग मानुषीको जोडी जम्ने भएको छ ।उक्त फिल्मको निर्देशन मनीष शर्माले गर्ने बताइएको छ । फिल्मका लागि रणवीरले साइन गरिसकेका छन् । यो फिल्ममा रणवीरसँग मानुषी छिल्लारले अनस्क्रिन रोमान्स गर्ने बताइएको छ । यी दुईवीच यस फिल्ममा रोमान्स चल्ने भएको छ ।

loading...
Please leave a comments
loading...