Logo
Logo

‘सातौं नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०१९’ आइतबार सकियो

उत्कृष्ट फिल्मको चयन गर्दै ‘सातौं नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०१९’ आइतबार सकिएको छ । वेन रेन्डालले निर्देशन गरेको अस्ट्रेलियन चलचित्र ‘सिस्टरर्स फर सेल’ले यो महोत्सवमा उत्कृष्ट अन्तर्राष्ट्रिय वृत्तचित्रकोे अवार्ड जितेको छ । बिहीबारबाट कमलपोखरीस्थित रसियन कल्चरल सेन्टरमा चार दिनदेखि यो महोत्सव जारी थियो ।

यस्तै, फ्रान्सका करिम रहबानीले निर्देशन गरको चलचित्र ‘कार्गाे’ले यो महोत्सवमा उत्कृष्ट अन्तर्राष्ट्रिय फिक्सन फिल्म अवार्ड जितेको छ ।

विक्रम शाहद्वारा निर्देशित फिल्म ‘तटिनी’ले उत्कृष्ट राष्ट्रिय फिक्सन फिल्मको अवार्ड हासिल गरेको छ । महोत्सवमा उत्कृष्ट राष्ट्रिय वृत्तचित्र विधाको अवार्ड दीपक तोलागेंले निर्देशन गरको वृत्तचित्र ‘टहरा’ले प्राप्त गरेको छ ।

उत्कृष्ट नेपाली महिला निर्देशकतर्फ प्रशुना डंगोलको ‘डोल्पा डायरी’ले पाएको छ । यस्तै, जुरी स्पेसल मेन्सन अवार्ड जर्मनका मार्क मिकेललको ‘सेन्ड गर्ल’ र जुरी अवार्ड ‘थ्री स्टोलन क्यामेराज’ले हासिल गरेको छ । यी सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र एवं वृत्तचित्रले जनही ५० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।

महोत्सवको निर्णायकमा चलचित्र समीक्षक अनुप सुवेदी, कोरियाका फिल्म समीक्षक चाङ सेवक योङ, मलेसियाका महोत्सव निर्देशक आना हर मेइ योके र रसियाका फिल्म मेकर लिया गिल्मुटिडनोभा थिए ।

सन् २०१० देखि सुरु गरको नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव प्रत्येक वर्ष आयोजना हुँदै आएको छ । यसपटक महोत्सवमा मानवअधिकारका विषयमाथि बनेका ३३ देशका ८२ वटा लघु चलचित्र, वृत्तचित्र, फिचर, एनिमेसनलगायतका चलचित्र प्रदर्शन गरिएका थिए । मानवअधिकार चलचित्र केन्द्रले आयोजन गर्दै आएको महोत्सवको यो सातौं संस्करण हो ।

loading...
Please leave a comments
loading...