Logo
Logo

माहा नायक राजेश हमालले फिल्म खेल्ने मुड बनाए

राजेश हमाल गएको २ वर्षदेखि कुनै फिल्म नगरेका उनले हालै आफ्नो आधिकारिक फेसबुकमा ‘अब फिल्म खेल्नुपर्ला’ भनेर स्टाटस लेखेका छन् । यसको अर्थ उनले अब फिल्म गर्ने मुड बनाएका छन् । तर, उनको कमब्याक कुन फिल्मबाट हुनेछ ? धेरैका लागि चासोको विषय बनेको छ । कतै ‘प्रेमगीत ३’ त हुँदैन ? यसका लागि भने प्रतिक्षा गर्नैपर्ने हुन्छ ।

केही दिनयता भने उनले सञ्चालन गरेको ‘को बन्छ करोडपति’ ले टिभीमा राम्रो हाइप निर्माण गरेको छ । दैनिक फिल्मबाट अफर आउने गरेको भएता पनि अब केही फरक फिल्मबाट कमब्याक गर्ने उनको सोच छ । उनी आफैं पनि फिल्म निर्देशन गर्ने तयारीमा छन् । उनले यो भन्न थालेको नै दुई वर्षभन्दा बढी वितिसकेको छ । तर, उनले न फिल्म निर्देशन गर्ने आँट जुटाउन सकेका छन् न त अभिनयलाई नै निरन्तरता दिएका छन् ।

उनी आफ्नो पछिल्लो दुई फिल्मको असफलताबाट फिल्म छनोटमा सम्यमित भएको बताउँछन् । केही दिन अगाडि उनलाई निर्माता सन्तोष सेनले हिट सिरिज ‘प्रेमगीत’ को तेस्रो पार्ट अफर गरेका थिए । प्राप्त जानकारी अनुसार, उनले आफ्नो भूमिका मनपराएका छन् । तर, फिल्ममा अभिनेता प्रदीप खड्काको पिता हुनुपर्ने भएकाले गर्ने वा नगर्ने निर्णय लिन सकेका छैनन् । यो फिल्म गरे आफ्नो कमब्याक सफल हुनेमा भने उनी विश्वस्त छन् ।

loading...
Please leave a comments
loading...