Logo
Logo

गायक तेजश रेग्मी र गायिका विष्णु माझीको स्वरमा रहेको नयाँ गीत “पिँडालु”सार्वजनिक

लोकप्रिय गायक तेजश रेग्मी र गायिका विष्णु माझीको स्वरमा रहेको नयाँ गीत “पिँडालु”सार्वजनिक भए संगै निकै चर्चित बनेको छ । तेजस रेग्मीकै शब्द संगीत रहेको डान्सिङ प्याटर्नको गीत युट्युब मार्फत सोमबार मात्रै सार्वजनिक गरिएको हो । सार्वजनिक भए भएकै दिन युट्युबको ट्रेन्डिङ पर्दै गीत चर्चित बनेको छ ।

इनाक्षी इन्टर्टेन्मेन्ट मार्फत सार्वजनिक भएको छ । तेजस रेग्मी र रक्षा श्रेष्ठ फिचरिङ्ग रहेको छ। भिडियोमा रामेश्वर कार्कीको छायाँकन र सुजन शाहीको सम्पादन रहेको छ । भिडियोमा दिपक सापकोटा, शशीधर कंडेल र केशब शर्मा अतिथी कलाकार रहेका छन ।

माया प्रेमलाई विषयबस्तु बनाइ तयार पारिएको गीत यो समाचार तयार पारीन्जेल सम्म युट्युबको ट्रेन्डिङ नम्बर २२ मा आइसकेको छ ।

loading...
Please leave a comments
loading...