Logo
Logo

४०लाखको अनुमानित लागत ८ करोडको हाराहारिमा पुग्यो

२०७४ मंशिर तिर,माझी बस्ती बिकासको निमित्त२ पन्नाको कागजमा अनुमानित ४० लाख बराबर को लिखित प्रस्तावना पत्र बोकेर धेरै संगसंस्थाको ढोका चाहर्न पुगें तर कुनै संस्थाबाट भरपर्दो जवाफ पाईनँ। धनाढ्य भनेर नाम कहलिएका केही ब्यक्तिहरुलाई भेटेर सहयोगको याचना गरें तर कसैले खासै चासो दिएनन।एकिक्रित माझी बस्ती निर्माणमा सहयोगको अपिल गरिरहँदा धेरैबाट“हेरौला” ” बिचार गरौला” र “सोचौला” भन्ने जवाफ बाहेक केही पाइनँ ।

करिव १ महिनाको निरन्तर प्रयास पस्चात अन्तत : मेरो खोज नायिका श्वेता खड्कासम्म आएर टुङ्गियो । कलाकार रबिन्द्र खड्का ज्यु मार्फत श्वेता म्याम सम्म पुगेर माझिहरुको सपनालाई पोखिदिएँ। उहाँले ति सपनाहरुलाई मनबाटै स्विकारी दिनु भयो र भन्नु भयो “मसंग प्रसस्त धन छैन तर श्री दादाको नाममा केहि गर्ने मन छ ।”

मनकारीहरुको खोजीमा निक्लिएको म रम्ता जोगीलाई उहाँको त्यो बोली ले ठुलो हौसला मिल्यो । धेरैजना धनाढ्य र समाजसेवी भनौदाहरुलाई भेटेर निराश भैसकेको मलाई श्वेता खड्कासंगको भेट पछी भने मनभएकी ‘मायादेवी’ संग भेटिएको महशुस भयो ।

मैले वोकेको २ पन्ने एकिक्रित माझी बस्तीको दस्तावेजमा उहाँले आफ्नो सोच मिसाउनु भयो । त्यो बस्तिमा घर मात्रै होईन बाटोघाटो , बाल बगैंचा , वाटर फाउण्टेन,सामुदायिक भवन लगाएत खुल्ला रंगमन्च को खाका थपिदिनु भयो । ४० लाखको अनुमानित लागत सहितको मेरो २ पन्ने कागजमा अन्य धेरै पन्नाहरु थपिए, यस्को आकारले पुस्तकको रुपनै लियो अनि ४०लाखको मेरो अनुमानित लागत ८ करोडको हाराहारिमा पुग्यो ।

माझिहरुको सपना अनी श्वेता म्यामको सोच क्रमश साकार हुने अवस्थामा छ ।काम ढिला भएको हो, तर गुणस्तरियतामा खोट लाउने ठाउँँ छैन ।श्वेता म्याम माथि कहिले काहीं प्रश्न गरिन्छ ” तपाईंले कती पैसा हाल्नु भयो ?” यस्ता छेउ न टुप्पोको प्रश्न गर्ने काइँतेहरु प्रती करुणा जागेर आउँछ । ति अज्ञानी मनुवाहरुलाई के थाहा कि पैसा हाल्नु भन्दा पसिना बगाउनु ठुलो कुरा हो । धन हुनु ठुलो कुरा होइन मन हुनु ठुलो कुरा हो ।

हो, श्वेता म्यामले माझी टोलमा पुगेर इट्टा बोकेको अभिनय गर्दै फेसबुक , इन्स्टाग्राम र ट्विटरमा फोटो हाल्नु भएको छैन न त पत्रकारहरुलाई गुहारेर आफ्नो बारे लेखिदिन अनुरोध गर्नुनै भएको छ । शायद यसो गरेको भए यो परियोजना निक्कै अगाडि सकिन्थ्यो । ठेकेदार शैलीमा धन खन्याएर गरेको काम कत्तिको गुणस्तरीय होला खै ! तर उहाँले ठेकेदारी प्रकृयालाई नकारेर सरकार र जनतालाई जोडीदिने एउटा माध्यमको भूमिका खेलिदिनु भयो । यो परीयोजनाले श्वेता खड्काको नाम पाउनु मात्र पनि ठुलो हो किनकी उहाँको नाम मात्रैले पनि धेरै कामहरु सहज र सरल बनेका अनुभव बटुलेको छु ।

अन्तमा : माझी बस्ती बन्दै छ, बनी सकेको छैन । यो बस्ती बनाउन कस्ले कती योगदान दियो त्यो योगदानको कदर गरिने दिन नजिकिंदै छ । श्वेता म्यामसंग हात्तेमालो गर्दै माझी बस्ती निर्माणको कार्यमा निरन्तर साथ, सहयोग र सल्लाह प्रदान गर्नेहरुको अनुहार मनको भित्तामा झुण्ड्याएका छौ अनी माझी बस्ती बन्नु हुँदैन भनेर बिरोधका स्वर निकाल्ने केही अनुहारहरुको तस्विर मस्तिस्कमा राखेका छौ ।

loading...
Please leave a comments
loading...