Logo
Logo

चलचित्र ‘लभ स्टेसन’को नयाँ गीत‘तिमी रुँदा’सार्बजनिक

शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘लभ स्टेसन’ को नयाँ गीत सार्बजनिक गरिएको छ । चलचित्रको सस्पेन्स खुल्ने डरले निर्माण टिमले ‘तिमी रुँदा’ बोलको गीत सार्बजनिक नगरी राखेको थियो । डेभिड शंकरको स्वर रहेको गीतमा दीपक शर्माको संगीत,उषा शेरचन र दिपक शर्माको को शब्द रचना रहेको छ । गीतको भिडियोमा चलचित्रमा नेगेटिभ रोलमा रहेका प्रकाश शाहसँग अभिनेत्री जसिता गुरुङलाई लगनगाँठो कस्दै देख्न सकिन्छ । दुईको विवाहमा अभिनेता प्रदीप खड्का गीतमार्फत् मनको बेदना पोख्दै देखिएका छन् ।

उज्ज्वल घिमिरेले निर्देशन गरेको चलचित्र ‘लभ स्टेशन’ सांगीतिक प्रेमकथामा आधारित पारिवारिक चलचित्र हो । प्रदीप, जसिता र प्रकाशका अलावा चलचित्रमा रमेश बुढाथोकी, रश्मी पाण्डे, सरु बिष्ट, रवि डंगोल, प्रिया रिजाल, रेशु भट्टराई, कालु राना, विनोदकुमार पौड्याल, दिनेश काफ्ले लगायतका कलाकारको अभिनय रहेको छ ।

loading...
Please leave a comments
loading...