Logo
Logo

आयुष्मान खुराना र भूमि पेडनेगर अनुराग कश्यपको नयाँ फिल्म ‘साँड कि आँख’मा एकसाथ

पछिल्लो समयका चर्चित अभिनेता आयुष्मान खुराना र अभिनेत्री भूमि पेडनेगर अनुराग कश्यपको नयाँ फिल्म ‘साँड कि आँख’मा एकसाथ देखिने भएका छन् ।यसअघि दम लगाके हैसा र शुभ मंगल सावधानमा सँगै अभिनय गरेका आयुष्मान र भूमि तेस्रोपटक कश्यपको फिल्ममा अभिनय गर्न लागेका हुन् । खबरअनुसार भूमि र निर्देशक अमर कौशिकबीच पछिल्लो समय भेटघाट बाक्लिँदै गइरहेको छ । कौशिक उनै हुन्, जसले गत वर्षको सुपरहिट फिल्म ‘स्त्री’ निर्देशन गरेका थिए ।

कौशिकले निर्माता दिनेश विजनको साथमा नयाँ फिल्म ‘बाला’को योजना बनाइरहेका छन् । सो फिल्ममा उनले भूमिलाई लिने योजना बनाएका छन् । हिरोमा भने उनले आयुष्मानलाई चुनेको बताइन्छ । बालामा आयुषमान कपाल झर्ने समस्याबाट ग्रस्त युवाको भूमिकामा देखिनेछन् । हाल सुटिङ भइरहेको आर्टिकल १५ फिल्मको सुटिङ सकेपछि आयुष्मानले बालालाई समय दिने बताइन्छ ।

loading...
Please leave a comments
loading...