Logo
Logo

श्रुती मराठे कास्टिङ काउसको शिकार

मराठी फिल्मकी चर्चित अभिनेत्री हुन श्रुती मराठे । उनले सामाजिक संजाल मार्फत एक स्टाटस लेखेकी छन् ।उनले आफु कास्टिङ काउसको शिकार भएको खुलासा गरेकी छिन यद्यपी उनलाई आफूमाथि दूव्र्यवहार कहिले गर्यो भन्ने विषयमा केही खुलाएकी छैनन् । उनले लेख्दै भनेकी छिन जब म एउटा फिल्मका लागि अडिशन दिइरहेकी थिएँ। निर्मातासँग मेरो अन्तर्वाता सुरु भइसकेको थियो। तर उनले सम्झौता’ र वन नाइट स्टयाण्ड’ जस्तो शब्दको प्रयोग गरे।

’यस्ता कुरा सुन्ने वित्तिकै श्रुती भड्किइन् र निर्मातासँग उनको वादविबाद भयो। उनले अगाडि लेखेकी छन्, । मैले उनलाई काम नगर्ने बताइ दिँए। मैले उनलाई म तपाइँसँग सुत्न सक्दिन र हिरोसँग पनि सुत्न सक्दिन।’
त्यस बाहेक श्रुती मराठेले एउटा अर्का घटनाको पनि खुलासा गरेकी छन्।

उनले उनले लेखेकी छन्, बिकिनीमा मेरो एउटा फोटोशुट भइसकेको थियो र सामाजिक संजालमा शेयर गरेकी थिएँ। त्यसपछि मेरो फोटोलाई लिएर ट्रोल गरियो। जबकि यो सबै शो को हाइलाइट गर्ने काम भयो। मैले यो सबै विना सोचेर काम गरेँ। किनभने त्यो बेला कुनै पनि फिल्ममा काम पाउनु ठूलो कुरा थियो।’

loading...
Please leave a comments
loading...