Logo
Logo

सलमान खान र सोनाक्षी सिन्हाको प्रमुख भूमिका रहेको फिल्म ‘दबंग ३’ को कथा लिक

सलमान खान र सोनाक्षी सिन्हाको प्रमुख भूमिका रहेको यस फिल्मको सुटिङ ४० डिग्रीभन्दा पनि बढी तापक्रममा भइरहेको छ । दबंग सिरिजको तेस्रो फिल्मको सुटिङ मध्यप्रदेशमा चलिरहेको छ । फिल्मको सुटिङ महेश्वर र मांडूमा भइरहेको छ ।

मिडिया रिपोर्टका अनुसार यस फिल्मको प्लट लिक भएको छ । यस फिल्ममा सलमान खान भू–माफियाविरुद्ध लड्दै गरेको देखाइनेछ । चुलबुल पाण्डेको भूमिकामा रहेका सलमान खानलाई भिलेन सुदिपले च्यालेन्ज दिएका छन् । उत्तर भारतका केही शहरहरुमा भुमाफियाको राज भएको हुन्छ । उक्त दादागिरीलाई तहसनहस पार्न सलमान खान पुग्छन् ।

अरबाज खानद्वारा निर्मित यस फिल्मलाई प्रभुदेवाले निर्देशन गरेका छन् । प्रभुदेवाको यो सलमान खानसँगको दोस्रो फिल्म हो । उनले सलमान खानसँग पहिलो फिल्म वाण्टेडमा काम गरेका थिए । यस फिल्ममा एउटा आइटम गीत पनि रहेको बताइएको छ । खान परिवारसँग भएको विवादका कारण मलाइका अरोरा यस फिल्ममा देखिने छैनन् ।

loading...
Please leave a comments
loading...