राजधानीमा अन्तर्राष्ट्रिय ब्युटी वर्कसप सुरु
राजधानीमा अन्तर्राष्ट्रिय ब्युटी वर्कसप सुरु भएको छ । धुम्बाराहीस्थित स्मार्ट क्याफेमा मंगलबारदेखि ‘अन्तर्राष्ट्रिय ब्युटी वर्कसप’सुरु भएको हो । एक्सपोज नेपालले आयोजनागरेको वर्कसपको उद्घाटन काठमाडौं महानगर पालिकाका उपमेयर हरि प्रवा खड्गीले गरेकी थिइन् ।
कार्यक्रममा खड्गीले सौन्दर्य मानिसको ब्यक्तित्वसँग जोडिएको उल्लेख गर्दै आफ्नो ब्यक्तित्व बिकाश चाँहनेले न्युनतम भए पनि सौन्दर्यको ज्ञान राख्नु पर्ने बताए ।
सुरसुधा तथा तबला बाधक सुरेन्द्र श्रेष्ठले सौन्दर्य सम्बन्धि अन्तर्राष्ट्रिय ब्युटि वर्कसपको महत्वको बिषयमा चर्चा गर्दै बेलाबेलामा आयोजनाहुने वर्कसपले सौन्दर्यब्य वसायिलाई आफ्नो पेसा प्रति मर्यादित बनाउन सहयोग गर्ने बताए ।
८० ब्युटिसियनहरुको सहभागिता रहेको वर्कसप तीन दिनसम्म चल्नेछ । वर्कसपमा भारतिय मुलकी अन्तर्राष्ट्रिय ब्युटिसियन पारु पटेलले बिशेष प्रशिक्षण दिने छिन् ।
अन्तर्राष्ट्रिय जगतमा सौन्दर्य क्षेत्रमा भएको उतार चढाब जानकारी गराउने उद्देश्यले वर्कसप आयोजना गरिएको एक्सपोज नेपालकी सिइयो अर्चना बस्नेतले जानकारी दिइन् । ‘बिश्व बजारमा भएका सौन्दर्यको बिकाश, सौन्दर्यमा आएका नयाँ नयाँ टेक्निक जानकारी वर्कसपमा मिल्ने छ’ बस्नेतले भनिन् ‘आधुनिक सौन्दर्यतिर उन्मुख हुन यस्ता वर्कसप महत्वपुर्ण हुन्छ ।’
पिस कस्मेटिक नेपाल, बायो ब्युटी, बेरिनाले सहकार्य गरेको वर्कसपको सहयोगीमा रमिता श्रेष्ठ (बिभुती ब्युटि केयर ट्रेडिङ सेन्टर), गङ्गा श्रेष्ठ (रिफ्रेस ब्युटि पार्लर, निरुपा गड्तौला (टिन क्रियटिभ) र शारदा नापित (इन्द्रेणी सिप बिकाश तालिम केन्द्र) रहेका छन् ।