Logo
Logo

चलचित्र ‘हली’को जुम्लामा छायाँकन

चलचित्र ‘हली’को यतिबेला जुम्लामा छायाँकन भइरहेको छ । गाउँ समाजमा घट्ने समसामयिक घट्ना समेटिने चलचित्र ‘हली’को जुम्लामा छायाँकन भइरहेको हो ।

चलचित्रलाई जुम्ला, डोटी, बझाङलगायतका पश्चिमको बिभिन्न स्थानमा छायाँकन गरिने नायक प्रमोद दीपले जानकारी गराए । चलचित्रमा राम प्यासको कोरियोग्राफी, कुमार महर्जनको द्वन्द्व निर्देशन र राहुल राईको छायाँकन छ ।

ओम प्रतिक गुरुङको निर्देशन रहको यस चलचित्रलाई जस्मिन श्रेष्ठ, पूजा गुरुङले संयुक्त रुपमा निर्माण गरेका हुन् । ‘हली’मा सरोज खनाल, प्रमोद दीप, सुजाता थापा, ओम प्रतिक गुरुङ, अरुणा कार्की, बिद्या कार्की, अर्जुन गुरुङ, कञ्चन दुलाल, सुरेश नगरकोटीलगायतका कलाकारको अभिनय रहको छ ।

loading...
Please leave a comments
loading...