Logo
Logo

फिल्ममा पल र बर्षाको जोडी दोहोरिंदै !

नायक पल शाह र नायिका बर्षा सिवाकोटीले फिल्म ‘बीर बिक्रम २’ मा पहिलो पटक स्क्रिन सेयर गरे । निर्देशक तथा निर्माता मिलन चाम्सले पल र बर्षाको जोडी फिल्ममा जुराएका थिए । फिल्मपछि पल र बर्षालाई लिएर मिलन भिडियो बनाइरहेका छन् । यो जोडीलाई पर्दामा पुर्न सँगै देखिएला ?

केही दिन अगाडी भक्तपुरमा म्युजिक भिडियो निर्देशन गर्दै गरेका निर्देशक चाम्सले पल र बर्षाको जोडी फिचर फिल्ममा दोहोरिने सम्भावना रहेको बताए । ‘पल र बर्षाको जोडीलाई दर्शकले रुचाउनु भएको छ । म्युजिक भिडियोका निर्माताले पनि यो जोडीलाई रोजि रहनु भएको । फिल्ममा पनि पल र बर्षाको जोडी दोहोरिन सक्छ, उनले भने । बुझिए अनुसार पल र बर्षालाई लिएर निकट भविष्यमै फिल्म बनाउँदैछन् । ‘बीर बिक्रम २’ साइँन गर्दा ताका नै निर्देशक र नायकबिच नयाँ फिल्ममा सहकार्य गर्ने सम्झौता भएको फिल्मी वृत्तमा चर्चा छ ।

उसो त पल र बर्षा पनि निर्देशक तथा निर्माता चाम्ससँग काम गर्न सहज हुने बताउँछन् । आफुहरुबिच पारिवारिक सदस्य सरह सम्बन्ध भएको बताउँने पल र बर्षा अर्को फिल्ममा काम गर्न आतुर रहेको समेत खुलाउँछन् ।

loading...
Please leave a comments
loading...