Logo
Logo

‘प्रेम दिवस’को प्रचार गर्दै प्रियंका

नायिका प्रियंका कार्की र आयुष्मान देशराज जोशी अभिनित फिल्म ‘प्रेम दिवस’ जेठ ३१ गते देखि प्रर्दशन हुँदैछ । फिल्मको प्रर्दशन मिति आइसक्दा समेत निर्माण पक्ष प्रचार प्रसारमा जुटेको छैन् । निर्माण टिम सुस्ताएपछि फिल्मकी नायिका आफैं ‘प्रेम दिवस’ को प्रचार गर्न कस्सिएकी छिन् ।

प्रियंकाले आफ्नै तरिकाले फिल्म प्रेम दिवसको प्रचार गरिरहेकी छिन् । उनी ईन्स्टाग्राममा निकै सक्रिय छिन् । त्यसैले उनले ईन्स्टामा प्रेम जोडीको लागि एक अभियान चलाएकी थिइन् । प्रेम जोडीले प्रेम भाव झल्कने खाल्को चार वटा फोटो र आफ्नो सम्बन्धको बारेमा खुलाउँदै ‘प्रेम दिवस’ ट्याग गरी इन्स्टामा पठाउने चार उत्कृष्ट पाँचसँग आयंकाले गत शनिबार लन्च डेट गरे ।

Image may contain: 1 person, closeup

यस्तै उनले टिकटलाई पनि प्रेम दिवस प्रचारको अर्को माध्यम बनाएकी छिन् । आफ्ना फ्यानलाई उनले प्रेम दिवसको गीतमा टिकटक बनाउन आग्रह गर्दै उत्कष्ट पाँच जनालाई आउँदो आइतबार भेट गर्ने प्रियंकाले बताइन् । ‘पाँच जनाले म र आयुष्मानसँग टिकटक बनाउनु हुनेछ’, प्रियंकाले भनिन् । यस्तै मंगलबारदेखि प्रेम दिवसको हाजिरी जवाफ प्रतियोगिता सुरु गर्ने प्रियंकाले जानकारी दिइन् । प्रेम दिवससँग सम्बन्धित प्रश्नको सही जवाफ दिने ३ जनालाई विभिन्न उपहार प्रदान गरिने प्रियंकाको भनाई छ । बुधबार बेलुकासम्म हाजिरीजवाफ हुनेछ ।

प्रियंका र आयुष्मानले एकै फिल्ममा काम त गरेका छन् । तर उनीहरु यो फिल्ममा पहिलो पटक जोडीको रुपमा प्रस्तुत भएका छन् । यसैले पनि प्रियंका र आयुष्मानको लागि ‘प्रेम दिवस’ महत्वपूर्ण छ । आयुष्मानले प्रियंकासँग छक्का पञ्जा २ र कथा काठमाण्डूमा स्क्रिन सेयर गरेका छन् । प्रेम जोडी प्रियंका र आयुष्मानको प्रेम दिवसले कस्तो गर्ला ? जेठ ३१ सम्म प्रतिक्षा गरौं ।

loading...
Please leave a comments
loading...