Logo
Logo

सारेगामापाका तेस्रो बिजेता आचर्यलाइ पञ्चेबाजा सहित भव्य स्वागत

भारतीय गायन रियालिटि सो ‘सारेगामापा लिटिल च्याम्पमा’ तेस्रो जित हासिल गर्न सफल भएका इटहरीका नेपाली बाल गायक प्रितम आचार्यलाई काँकडभिट्टामा भव्य स्वागत गरिएको छ । यस्तै चौथो भएका आयुष केसीलाई पनि सोमबार काठमाडौँ एयरपोर्टमा बाजा गाजा सहित भव्य स्वागत गरिएको थियो । भारतबाट फर्किएका प्रितमलाइ स्वागत गर्न इटहरी बाट एक दर्जन गाडी सहित सयौको सङ्ख्यामा इटहरी बासी काँकडभिट्टा पुगेका थिए ।

सुरु देखी नै आफ्नै प्रस्तुतिले दर्शक र जर्जहरूको मन जित्न सफल भएका प्रितमले तेस्रो स्थान हासिल गरेका हुन् । प्रितमलाइ काँकडभिट्टामा ‘नेपालको छोरा प्रितम हाइ हाइ’ भन्दै काँकडभिट्टाका नेपाली बासीहरूले समेत भव्य रूपमा स्वागत गरेका थिए । सुनसरीको इटहरी उपमहानगरपालिका ५ का प्रितमले अडिसनदेखि नै जजहरुलाई प्रभावित पारेमा थिए ।२०६५ जेठ १० मा जन्मिएका प्रितमले ४ वर्षको हुँदा देखि नै गीत गाउन थालेका थिए ।

Image may contain: 1 person, sitting and closeup

कक्षा ६ मा अध्ययनरत उनी २०७३ मा नेपालमै भएको सुरशाला जुनियर आइडलमा दोस्रो भएका थिए ।यसरी यस अघि कुनै पनि गायन रियालिटी सो मा नेपाली पुगेर यति सफलता हासिल गरेको थिएन। सबैले विजेताको दाबेदार मान्दै आएको र प्रशंसा र तारिफ भरपुर हुँदै आएको थियो। तर उनले तेस्रो स्थानमै चित्त बुझाउनु परेको छ। यति ठुलो प्रतियोगितामा यति सफलता पनि ठुलो उपलब्धि नै हो। सबैका हाइ हाइ हुँदै आएका प्रितमले नेपालमा भव्य स्वागत पाएका छन्।

नेपालको झन्डा सहितको गाडीमा सवार प्रितमलाई फूलमाला लगाइदिनेको ठुलो भिड थियो। त्यस्तै बिर्तामोडको होटेल हेभेन ग्राण्ड र दमकमा पनि उनलाई भव्य स्वागत सम्मान सहित उनको साङितिक भविष्यको लागि शुभकामना प्रदान गरिएको छ । इटहरी उपमहानगरपालिकाले समेत उनलाई स्वागत सम्मानको गरेको छ।

loading...
Please leave a comments
loading...