Logo
Logo

विद्यालयले गरे आयुष केसीलाई नगदसहित सम्मान

भारतीय टेलिभिजन जी टिभीको रियालिटी सो सारेगमपमा चौथो स्थान प्राप्त गरेका आयुष के.सीलाई सम्मान गरिएको छ ।  के.सी अध्ययनरत रहेको मोर्डन स्कुलले मंगलबार एक कार्यक्रमका बीच उनलाई एक लाख रुपैयाँ नगद सहित सम्मान गरेको हो ।

सारेगम लिटल च्याम्सको २०१९ को संस्करणमा सहभागी केसी र प्रितम आचार्य फाइनलमा पुगेका थिए । जसमा आचार्यले तेस्रो र केसीले चौथो स्थान बनाउन सफल भएका हुन् ।  प्रितम दुबैले सारेगममा आफ्नो र देशको नाम राख्न सफल भए । सानैबाट गीत सङ्गीतमा रुची राख्ने उनिहरु नै बिजेता बन्ने धेरैको अड्कल गरेका थिए ।

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापा, विद्यालयका प्रचार्य अनिल कसपाल, सूर्यविनायक नगरपालिका वडा न.४ वडाअध्यक्ष उत्तम थापा लगायतले उनलाई सम्मान गरेका हुन् ।

loading...
Please leave a comments
loading...