Logo
Logo

हट कट्रीना भन्छिन् हरर चलचित्रमा काम गर्दिनँ

यति बेला बलिउडमा सलमान खान, कट्रीना कैफ अभिनीत चलचित्र ‘भारत’ उधुम मच्चाइरहेको छ । ‘भारत’ले भारतबाट मात्र ६ दिनमा डेढ सय करोड भन्दा बढी कमाइसकेको छ । योसँगै सलमान र कट्रीना यतिबेलाका हट केक बनिरहेका छन् । यो चलचित्र सलमानको सय करोड कमाउने १४औँ चलचित्र बन्न पुगेको छ । चलचित्रको सफलताले हरेक कलाकारलाई माथि त उठायो सँगै अब यी कलाकार कतातर्फ लाग्दै छन् भन्ने खुलदुली बढ्दै गएको छ । यसैबिच अहिलेसम्म रोमन्स र एक्सन जनरामा आफूलाई प्रस्तुत गराएकी कट्रीनाले अहिलेसम्म हरर जनरामा काम नगरेको र आगामी दिनमा पनि नगर्ने बताएकी छिन् । उनका अनुसार आफू जे कुरामा पनि सजिलै डराउने र आफू यस्ता कुराबाट टाढै रहन चाहन्छिन् । यही डरका कारण उनले अहिलेसम्म हरर चलचित्र समेत हेरेकी छैनन् । क्लासिक चलचित्र औधी मन पराउने उनी लगत्तै रोहित शेट्टीको चलचित्र ‘सूर्यवंशी’ मा लामो अभिनेता अक्षय कुमारसँग स्क्रीन सेयर गर्दै छिन् ।

loading...
Please leave a comments
loading...