Logo
Logo

दिपकराज गिरी भन्छन् ‘गल्ति गर्नेले कानुनी सँजाय भोग्नु पर्छ ….’

गत शुक्रबार ‘बीर विक्रम २’का निर्देशक मिलन चाम्सले प्यारोडी समिक्षा गरेको भन्दै मिम नेपाल विरुद्ध साइबर अपराधको मुद्धा चलाएका छन् ।। प्रनेश गौतमले व्यांग्यात्मक तरिकाले ‘बीर विक्रम २’को समिक्षा गरेर मिम नेपाल युटुव च्यानलमा अपलोड गरेका थिए । उनले फिल्म र कलाकारको अभिनयमा कुनै दम नभएको उल्लेख गर्दै समिक्षा गरेका थिए । जनु समिक्षाको कारण व्यावसाय र कलाकारको मानहानी भएको भन्दै निर्माता तथा निर्देशक मिलन चाम्सले मिम नेपाल विरुद्ध उजुरी गरेका थिए ।

अदालतले प्रक्राउ गर्न आदेश दिएपछि मिम नेपालका प्रनेश गौतम र आदर्श मिश्रलाई नियन्त्रणमा लिएको थियो । आदर्श मिश्र साधरण तारिखमा रिहा भए भने प्रनेश गौतम थुनामा परेका छन् । एक सातासम्म रिहा नभएपनि प्रनेश गौतमलाई रिहा गर अभियान नै थालिएको छ । यो अभियानमा सर्वसाधरण देखि कलाकारहरु पनि सहभागि भएका छन् । सर्वसाधारणले सडकमा नारा सहित रिहाको माग गरेका छन् भने कलाकारहरुले सामाजिक सञ्जाल मार्फत आफ्नो अभिव्यक्ति राखेका छन् ।

सांसद गगन थापाले मिम नेपाललाई समर्थन गरेर टुविट गरेसँगै कलाकारहरुले आफ्नो कुरा खुलेर राखेका छन् । निर्माता तथा अभिनेता दिपकराज गिरीले गल्ति गर्नेले कानुनी सजाय पाउनु पर्छ तर कतिपय केशमा संयमता अपनाउन पर्ने उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘गल्ति गर्नेले कानुनी सँजाय भोग्नु पर्छ । तर कहिलेकाहि मानविय दृष्टिकोणबाट पनि हेरिनु पर्छ जस्तो लाग्छ । मिम नेपाल र मिलन चाम्सजीको यो केशबाट मैले छक्का पन्जा पाइरेसी केशलाइ सम्झि रहेको छु । त्यति बेला हामिले संयमता अपनाउँदा अपनाउँदै त त्यस्तो दुर्घटना हुन पुग्यो । त्यो कुरा अहिले पनि पिडाबोध भैरहन्छ । यो केशमा पनि अलि संयमता जÞरूरी छ । क्षमा दान पनि ठूलो दान हो । दुर्व पक्षले बसेर गल्ति गर्नेले आत्म आलोचना गर्ने र सम्बन्धित पक्षले हाम्रै घरको बिषय हो भनेर माफि दिन तिर लाग्नु नै उत्तम हुन्छ जस्तो लाग्छ ।’

loading...
Please leave a comments
loading...