Logo
Logo

‘थ्री इडियट’को जोडी आउँदो चलचित्र ‘लाल सिंह चड्ढा’मा

आमिर खान सङ्ख्यात्मक रूपमा कम काम गर्ने तर काम गरेपछी पछाडि फर्केर हेर्नु नपर्ने काम गर्ने आमिर यति बेला आफ्नो आउँदो चलचित्र ‘लाल सिंह चड्ढा’को लागी तयारीमा छन् । चलचित्र निर्माणको खबरसँगै आमिरसँग स्क्रीन सेयर गर्ने जोडी को होला भन्ने कौतुहलता बढेको थियो । यसै कौतुहलतालाई फुकाउँदै चलचित्रकी नायिकाको नाम सार्वजनिक गरिएको छ । उनी अरू कोही नभएर उही ‘थ्री इडियट’ जोडी करीना कपुर हुन् ।

आमिर खान र करीना कपुरको जोडिलाई दर्शकले चलचित्र ‘थ्री इडियटमा’ खुब रुचाए । उसो त बलिउडका मिस्टर पर्फेक्सनिस्टको उपाधि पाएका आमिरले काम गरेको जोडी सफल नहुने त कुरै भएन । । चलचित्रमा करीना आमिरको श्रीमतीको भूमिकामा प्रस्तुत हुन सक्नेछिन् जुन निकै महत्त्वपूर्ण रहेको बताइएको छ । यद्यपि करीनाको इन्ट्री र उनको भूमिकाको बारेमा आमिरले कुनै आधिकारिक जानकारी दिएका छैनन् । यस चलचित्र हलिउडको अस्कार अवार्ड विजेता चलचित्र ‘फरेस्ट ग्याम्प’को हिन्दी रिमेक हो जसमा टम ह्याक्सको मुख्य भूमिका रहेको थियो ।

loading...
Please leave a comments
loading...