Logo
Logo

प्रकाश सपूत भन्छन; गीत चोरीको आरोप विभिन्न नियतले आउछ

गलबन्दी गीतबाट गत साता सबैभन्दा बढी चर्चा पाउने कलाकार हुन्– प्रकाश सपूत । त्यसो त उनका दोहोरी ब्याटल, बोलमाया तथा दोहोरी ब्याटल टुबाट चर्चामा आएका गायक हुन्– प्रकाश सपूत । उनले डेढ दर्जनभन्दा बढी गीतमा आवाज भरिसकेका छन् । गीत लेखन तथा म्युजिक भिडियोमा उनको संलग्नता अझ बढी छ । बाग्लुङ जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर–३ मा बुबा बलबहादुर बिक तथा आमा मीनाकुमारी विकको पहिलो सन्तानका रूपमा जन्मिएका प्रकाश राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समिति काठमाडौंका सचिवसमेत हुन् ।

गलबन्दीमाथि चोरीको आरोप समेत लागेको छ भन्दा सपूत भन्छन ; लोक लय उस्तै–उस्तै सुनिनु स्वभाविक हो । यद्यपि म कसैले भनेको कुराको खण्डन गरेर उहाँहरूको आत्मसम्मानमा ठेस पुर्‍याउन चाहन्नँ । प्रस्तुतिका हिसाबले, गायकीका हिसाबले र लयमा पनि धेरै फरक छ । जब गीतले उत्कृष्ट भ्युज पाउन थाल्यो र सर्वत्र चर्चा हुन थालेपछि यस्ता कुरा आउनुचाहिँ विभिन्न नियतसँग जोडिएको पाइन्छ । हरेक सर्जकले हरेक सिर्जनामाथि जवाफ दिन भ्याउँदैन र त्यो दिनैपर्छ भन्ने पनि छैन । यो दर्शकहरूले आफ्नो ढंगले प्रयोग गर्ने कुरा हो । त्यसैले मैले यो विषयलाई दर्शक श्रोताहरूमाझ स्वतन्त्र छाडिदिएको छु ।

loading...
Please leave a comments
loading...