Logo
Logo

चलचित्र ‘लभ यु हमेशा’को फस्र्टलुक पोस्टर सार्वजनिक

चलचित्र ‘लभ यु हमेशा’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । आइडियल डिजाइनर्सले डिजाइन गरेको बिभिन्न डिजाइनका पोस्टरमा यशराज गरच, ऋचा थापा र फिजा योन्जनलाई हाइलाइट गरिएको छ ।

धर्मा क्रिएसनको ब्यानरमा यवन गुरुङको प्रस्तुति र मिलन गुरुङ सहनिर्माता रहेको यो चलचित्रमा यशराज, रिचा र फिजाका साथमा शिसिर राणा, गोपाल ढकाल (छन्दे), पिटी योल्मा, प्रमिला राई, सल्देन तामाङलगायतका कलाकारको अभिनय रहेको छ ।

भारतको कालेबुङ, सिलगुडी तथा काठमाडौंमा सुटिङ गरिएको चलचित्रको केही दृश्य सिङ्गापुर र फिलिपिन्समा खिचिदैछ ।
भाष्कर प्रधान निर्देशीत यो चलचित्र भदौ ६ देखि देशभरका सिनेमाघरमा प्रदर्शन हुँदैछ ।

निर्देशक भास्करकै कथा, शिब ढकालको छायांकन, एनबी महर्जनका द्वन्द्व निर्देशन, भासुको सङ्गीत, कमल राईको कोरियोग्राफी र मिलन श्रेष्ठको सम्पादन यो चलचित्रलाई आरआर फिल्मस्ले बितरण गर्ने भएको छ ।

loading...
Please leave a comments
loading...