Logo
Logo

राजेशले ‘प्रेम गीत ३’मा प्रेमका बाबु बन्न नकारे

अघिल्ला दुई सिरिजले मन जितेका चलचित्र ‘प्रेम गीत’को तेस्रो सिरिज ‘प्रेम गीत ३’ बन्ने खबरसँगै एक प्रकारको उत्साह थपिएको छ । अझ त्यसमाथि बिलकुल नयाँ कथावस्तु अनि कलाकार छनौट गरिएको तरिकाले थप कौतुहलता थपिदिएको छ । यसैबिच आइतबार मात्र चलचित्रका निर्देशक निर्माता र अघिल्लो सिरिजमा पनि भिलेनको भूमिका निभाएका सन्तोष सेन नै भिलेनको भूमिकामा दोहोरिने खबर आएको थियो । योसँगै चलचित्रका मुख्य नायक पनि फाइनल भैसकेका छन् । निर्माण पक्षले चलचित्रका प्रेम (प्रदीप)का बाबुको भूमिकाको लागी महानायक राजेश हमाललाई प्रस्ताव गरिएको र कुरा लगभग टुङ्गो लागेको सङ्केत दिएको थियो । तर अचानक हमालले आफ्नो सेड्युल नमिलेको कारण आफू काम गर्न नसक्ने बताएको निर्देशक निर्माता सन्तोष सेनले जानकारी दिएका छन् ।

loading...
Please leave a comments
loading...