Logo
Logo

‘सुपर ३०’ प्रदर्शन रोक्न विद्यार्थीको दवाव

बलिउड अभिनेता ऋतिक रोशन स्टारर प्रतीक्षित चलचित्र ‘सुपर ३०’को ट्रेलर सार्वजनिक भएसँगै यसको चर्चा परिचर्चा बलिउड लगायत बलिउडका फ्यानहरूमाझ चुलिएको छ । हरेक चलचित्रमा फरक भूमिका निभाएर दर्शकलाई आश्चारयमा पार्ने ऋतिकले यस पटक पनि चलचित्र ‘सुपर ३०’ मा आफूलाई प्रमाणित गर्ने कोसिस गरिरहेका छन् । जुलाई १२को रिलिज मिति तोकेर अगाडी बढिरहेको यस चलचित्रको प्रदर्शन रोक्न आईआईटीका विद्यार्थीहरू तयारी गरिरहेको जानकारी आएको छ । सत्य घटनामा आधारित भनिएको चलचित्र गणितज्ञ आनन्द कुमारको जीवनबाट प्रभावित भएर निर्माण गरिएको हो । आईआईटीका विद्यार्थीले केही महिना अघि उनिविरुद्ध धोका गरेको र आफ्ना विद्यार्थीहरू सफलताको झुटो प्रचार गरेको आरोपमा मुद्दा हालेका थिए । यसै कारण धोका बाजी गर्ने को जीवनमा आधारित चलचित्र प्रदर्शनमा आउनु नहुने विध्यार्ठीहरुको भनाई रहेको भारतीय मिडियाहरूले लेखिरहेका छन् ।

यसैबिच आनन्द कुमारको जीवन र योगदानको बारेमा बनेको यो पहिलो चलचित्र भने होइन यस अघि डिस्कोभरी च्यानलले “सीक्रेट वेपन अफ इन्डिया” नाममा एक घण्टाको डकुमेन्ट्री निर्माण गरिसकेको थियो । चलचित्रमा ऋतिक रोशनका अलवा वीरेन्द्र सक्सेना, मनुरल ठाकुर, नन्दीश शर्मा, पंकज त्रिपाठीलगायतका कलाकारहरूको पनि अभिनय छ ।

loading...
Please leave a comments
loading...