Logo
Logo

केशको सौन्दर्यसम्बन्धी मेगा शो सम्पन्न

स्ट्रिक्स प्रोफसनलद्वारा आयोजित केशको सौन्दर्यसम्बन्धी मेगा शो ‘हेयर एन्ड बियोन्ड’ गत साता सोल्टी होटलमा सम्पन्न भएको छ । उक्त शोमा ७० को दशकमा लोकप्रिय केश विन्यासका विभिन्न शैलीलाई रि–लन्च गरिएको थियो ।

हेयर एन्ड बियोन्डमा अभिनेत्री स्वस्तिमा खड्का शो–स्टपरका रुपमा देखा परेकी थिइन् । ऊक्त अवसरमा खड्का रेट्रो सजावटयुत्त हेयर स्टाइल प्रस्तुत भएकी थिइन् । समारोहमा अन्य ५ महिला तथा ३ पुरुष मोडल पनि रेट्रो शैलीका हेयरस्टाइलमा देखिएका थिए ।

यही अवसरमा आयोजित हेयर एन्ड बियोन्डको प्रशिक्षण सत्रमा शिरीन मर्चेन्टलाई स्ट्रिक्स प्रोफेसनका प्राविधिक व्यवस्थापक जावेद खानले साथ दिएका थिए । उनीहरूले हेयर स्टाइलिस्ट तथा ब्युटिसियनहरूलाई हेयटिप्स, केश कटाइ, छटाइका साथै केश रंगाउने विधि आदिका सम्बन्धमा विशेष प्रशिक्षणसमेत प्रदान गरेका थिए ।

loading...
Please leave a comments
loading...