Logo
Logo

पुर्खाहरूले लगाउने पहिरन झल्किने पहिरन समावेश पोखरा र अस्ट्रेलियामा आयोजना हुँदै

पुर्खाहरूले लगाउने पहिरन तथा हेरिटेज झल्किने पहिरन समावेश गराएर आगामी अगष्ठ २ तारिखका दिन पोखरामा ‘हेरिटेज अफ फेसन नेपाल’को आयोजना हुने भएको छ । एएसएपीको आयोजनामा हुन लागेको यो फेसन शो मा उदाउँदै गरेका मोडलहरू र्‍याम्पमा उत्रनेछन् । पोखरामा मात्रै नभएर उक्त कार्य्रक्रम अस्ट्रेलियामा पनि आयोजना हुने बताइएको छ । मङ्गलवार राजधानीमा पत्रकार सम्मेलन गरी कार्यक्रमबारे जानकारी दिइएको हो । नेपालको फेसन डिजाइनिङमा आफ्नो पहिचान बनाएका डिजाइनरहरूले तयार पारेका पहिरनमा मोडलहरू प्रस्तुत हुनेछन् ।

कार्यक्रममा प्रशान्त ताम्राकार सो स्टपरको रूपमा उपस्थित हुनेछन् साथमा, ‘कर्पोरेट क्विन २०१९’ शित्तल थापाले सो स्टपरको रूपमा फेसन शो मा प्रस्तुत हुनेछिन् । शो मा सबै कोरियोग्राफी मुस्कान रानीले गर्नेछिन् भने गायक धिरज राईको पनि सहभागिता रहने बताइएको छ । भिजिट नेपाल २०२० लाई लक्षित राख्दै नेपालका हेरिटेजहरुको प्रमोसनमा सहयोग पुग्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको आयोजकको भनाइ छ ।

loading...
Please leave a comments
loading...