Logo
Logo

बलिउडको सफल चलचित्र ‘दोस्ताना’२ मा कात्तिक र जान्वी

जोन अव्राहिम, अभिषेक बच्चन र नायिका प्रियङ्का चोपडाले अभिनय गरेको बलिउडको सफल चलचित्र ‘दोस्ताना’को सिक्वेल बन्ने भएको छ । चलचित्रको निर्माणमा जुटेका निर्माता करण जोहरले ‘दोस्ताना’को सिक्वेलको लागी मुख्य दुई कलाकार फाइनल भएको जानकारी सार्वजनिक गरेका छन् । धर्मा प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा नायक कात्तिक आर्यन र नायिका जान्वी कपुरले काम गर्ने पक्का भएको हो । यसै चलचित्रमा कात्तिक र जान्वीले पहिलो पटक स्क्रीन सेयर गर्न लागेका हुन् ।

चलचित्रको यो भागमा अघिल्लो भागका कुनै कलाकारको पनि अभिनय नरहने समेत जानकारी आएको छ । साथमा करणले आफ्नो ट्विटर अकाउन्टमा छिट्टै नै चलचित्रका अर्का मुख्य अभिनेताको नाम सार्वजनिक गर्ने बताएका छन् । चलचित्र ‘धडक’बाट खासै राम्रो प्रतिक्रिया नपाएकी जान्वी यति बेला करणको यसै चलचित्रबाट केही आशा बोकेकी छिन् । साथमा यति बेला कात्तिक भने नायिका साराअली खानसँग चलचित्र ‘लभ आजकल २’मा व्यस्त छन् ।

loading...
Please leave a comments
loading...