Logo
Logo

‘जजमेन्टल हे क्या ?’को ट्रेलर सार्वजनिक

बलिउड चलचित्र ‘जजमेन्टल हे क्या ?’ को ट्रेलर सार्वजनिक भएको छ । कंगना रनाउत र राजकुमार रावको प्रमुख भूमिका रहेको ‘जजमेन्टल हे क्या ?’को ट्रेलरमा सस्पेन्स, थ्रिलर र रोमान्सलाई एकसाथ प्रस्तुत गरिएको छ । आफ्नो भूमिकालाई निकै चलाखी पूर्ण ढङ्गले निभाउने कंगनाको फरक उपस्थितिलाई दर्शकले खुब रुचाइरहेका छन् भने राजकुमारको पनि प्रशंसा भइरहेको छ । यी दुई मुख्य कलाकारबिचको द्वन्दलाई निकै सस्पेन्सका साथ प्रस्तुत गरिएको ट्रेलरले चलचित्र नै एउटा सस्पेन्स प्याकेज भएको अनुमान लगाउन सकिन्छ । ट्रेलर सार्वजनिक भएको २४ घण्टा भित्रमा ४५ लाख बढिले हेरिसकेका छन् भने ट्रेलरलाई निकै रुचाइएको पनि छ । ट्रेलर सार्वजनिक भएसँगै यो चलचित्र वर्षको अर्को ब्लकबस्टर साबित हुने अनुमान लगाइरहेका छन् । एक मिस्ट्री दुई सस्पेक्ट थिममा बनेको चलचित्रलाई प्रकाश कोवेलमुदिले निर्देशन गरेका हुन् ।

loading...
Please leave a comments
loading...