Logo
Logo

‘इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड–२०२०’ (आइफा) नेपालमा नहुने पक्का

‘इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड–२०२०’ (आइफा)को २० औं संस्करण काठमाण्डौंमा नहुने भएको छ । चौतर्फी विवाद भएपछि सरकारले आइफा अवार्ड नगर्ने निर्णय लिएको हो । मंगलबार संसदीय समितिले अवार्ड रोक्नको लागि आदेश दिएको थियो । यस अवार्डले चलचित्र क्षेत्रमा टेवा पुर्याउने भन्दै नेपालमा आयोजना गर्न लागिएको थियो । तर सरकार नै आयोजक भएर १ अर्ब खर्च गर्ने कुरामा सर्वसाधरण देखि लिएर फिल्मकर्मीहरुले समेत विरोध जनाएका थिए । अवार्ड अगष्ट अन्तिम साता आयोजना हुने भनिएको थियो । यस अवार्ड नेपालमा आयोजना गर्ने सरकारको निणर्यमा सत्तारुढ दलकै नेताहरु भीम रावल, अग्निप्रसाद सापकोटा लगायतले बिरोध गरेका थिए ।

loading...
Please leave a comments
loading...